दवाई खानु मान्छेको सभ्यताको परिचय हो| पशुपन्छीले दवाई माग्दैनन – यो सबैलाई थाहा भएकै कुरा हो| तर जुन दवाईहरु हामी खान्छौं ति सबैले हाम्रो भलो नै गर्छन भन्ने छैन| कतिपल्ट त हामी साधारण पेट दुखाई या टाउको दुखाइमा आफै दोकानबाट दवाई ल्याएर पनि खान्छौं|
डाक्टरहरु पनि सबै सिपालु हुन्छन भन्ने पनि छैन र डाक्टरहरु सिकारु छन् भनेर आफै डाक्टर बन्नु पनि उचित हैन|
केहि महिना अघि मात्रै पाख्रिबासमा एउटा दुर्घटना भएको थियो- दवाई सम्बन्धि| बुवाले खाने दवाई बच्चाले खाएपछि छोरीको दुखद निधन भयो, अर्की केटि भने डाक्टरहरुको कौशलताले गर्दा बाच्न सफल भईन| त्यस घटनामा बाबु आमाको लापरवाही थिएन| मूल कारण दवाई नै थियो|
त्यो घटना त भयो बच्चाले धेरै मात्रामा मिठाइ सम्झेर बुवाको दवाई खाएको तर हामीले दिनप्रतिदिन साधारण दवाई सम्झेर खादै गरेको दवाइहरु चाहि सुरक्षित छन् त?
हेरौं विज्ञहरु हामीले लिने साधारण दवाई हरुको बारेमा के भन्छन|
1. Vitamin (भिटामिन) – केटाकेटी हरुले मिठाइ सम्झेर ठुलो मान्छेको भिटामिन चक्की धेरै खाएमा iron poisoning हुन्छ| शरीरमा iron धेरै भएमा विभिन्न अंग हरुले काम गर्न छोडछन् र समयमा उपचार नभए मृत्यु हुन्छ|
बयस्क हरुले पनि भिटामिन धेरै लिएमा मृगौलाले काम नगर्न सक्छ|
2. Cetamol (सिटामोल) – नियमित रक्सी सेवन गर्ने व्यक्ति (जसको पहिला नै कलेजो कमजोर या बिग्रेको हुनसक्छ) ले अत्यधिक सिटामोल सेवन गरेमा, पेट दुख्ने, उल्टी गर्ने र बिरामी हुने सम्भावना धेरै हुन्छ| सिटामोल को over dose भएको ४-५ दिनमा मृत्यु पनि हुन सक्छ|
सिटामोलको अत्यधिक सेवन ले बयस्क मानिसहरुमा बाँझोपन, पेट भित्र रक्तस्राब तथा मृगौला र कलेजो बिग्रने पनि धेरै सम्भावना हुन्छ|
3. Painkillers (दुखाई कम गर्ने दवाईहरु) - प्रायश हामी साधारण दुखाई पनि कम गर्न पेनकिलर हरु खाने गर्छौं| सबै पेनकिलर हरुमा ibuprofen/acetaminophen हुन्छ| Brand name फरक भए पनि तिनीहरुभित्रको chemical composition (रासयानिक बनावट) एकै खालको हुन्छ|
सिटामोलमा पनि acetaminophen नै हुन्छ|
अचम्मको कुरा यो छ कि अहिले म दवाई हरुको दुरुपयोग को बारेमा लेख्दै थिए| बाहिर होहल्ला भयो, के भएछ भनि बाहिर हेरेको त एउटा फुच्चे (६-७ बर्षको) ले आफ्नो बाजेको दोकान बाट मुसा मार्ने दवाई ल्याएछ| झन्न एक जना बुज्रुकले याद गरेछन र दुर्घटनाबाट जोगियो| उसले त्यो साथीहरु ( जो मेरै कोठा अगाडी खेल्दैछन) लाइ हाजमोला अथवा अन्य केहि भनेर बाडेको भए? फुच्चेले चाही आज जोड कुटाई खाने भयो जस्तो मलाई लाग्दैछ!
रुघा लाग्दा खाइने दवाइहरुमा पनि acetaminophen नै हुन्छ|
र जब हामी सिटामोल, अथवा पेन किलर संगै ज्वरो वा रुघाको दवाई पनि खान्छौं तब सिधै हामीलाई acetaminophen को ओवर डोज भैरहेको हुन्छ|
Acetaminohen को डोज को हिसाब यस्तो छ – 15mg/kg body mass
ठुला मान्छेहरुले २४ घण्टामा 4000 mg भन्दा धेरै सेवन गरे ओवर डोज हुन्छ|
१२ वर्ष मुनिको केटा केटि को सन्दर्भ मा चाहिँ दिनमा ५०० ग्राम पनि over dose हुन्छ|
Interested people can follow this link to learn more about acetaminophen overdose.
4. Aspirin - एस्पिरिन को अत्यधिक सेवनले अल्सर हुने, पेटमा रक्तस्राब तथा brain damage हुनसक्छ |
5. Codeine (खोकीको दवाई) - प्राय सबै रुघा खोकीका दवाई ले हामीलाई निन्द्रा लगाउने काम गर्छन| निन्द्रा मात्र नभई यसको मातले हामीमा hallucination (मतिभ्रम) ल्याउछ|
आजकल का केटा केटीले खोकी को दवाईको दुरुपयोग पनि गर्छन| अन्य दवाईहरु संग मिसाएर सेवन गर्नाले यसले रक्सी को भन्दा कडा मात दिन्छ|
खोकी को दवाई लिए पछि सवारी चढ्नु वा चलाउनु र अप्ठ्यारो काम नगर्नु नै बेश हुन्छ|
6. Avomine (बान्ता रोक्ने दवाई) - एवोमिन को दुरुपयोग भनेको प्राय बान्ता लाग्दा या त गाडी चड्दा हुन्छ| हुनत यो दवाई motion sickness (गाडी, रेल, प्लेन चड्दा उल्टी हुने) भएकाहरुलाई बरदान नै हो तर आफैले जथाभाबी खानाले धेरै समस्याहरु देखिन्छन|
एउटा १२ बर्सको बच्चा लाइ ओवर डोज भएको मैले देखेको छु| उ होश मै थियो तर जति नै प्रयास गरे पनि उसले आफ्नो कम्मर देखि माथिको भाग आफुले चाहे अनुसार चलाउन सक्दैन थियो| जति प्रयास गरे पनि उसको जिउ आफै तन्केर पछाडी जान्थ्यो| शुरुमा त सबैले tetanus भयो होला भनेका थिए तर अस्पताल पुर्याउंदा मात्र थाहा भयो उसलाई त avomine को ओवर डोज भएको रहेछ|
यो दवाईको कुप्रभावमा हल्का depression हुने, स्नायु र मुटुमा असर पुग्ने, सास फेर्नु अप्ठ्यारो हुने, बेहोसी तथा तत्काल मृत्यु हुने पर्दछन|
दवाईको ओवर डोज भएको लक्षण
1. सास फेराइमा कमी
2. आँखाको नानी भित्रको कालो भाग धेरै सानो हुन्छ
3. मतिभ्रम
4. बेहोसी वा अत्याधिक निन्द्रा लाग्ने
5. रिंगटा लाग्ने
6. कमजोरी
7. समबेदना शुन्यता
8. चिसो र गिलो(भिजेको) हात
9. उल्टी (बान्ता ) गर्न मन लाग्ने
10. उल्टी गर्ने
11. छारे रोग लागे जस्तो हुने
तपाइलाई यो लेख कस्तो लाग्यो? तपाइँ संग भएका दवाई सम्बन्धि अनुभबहरु यहाँ साटासाट गर्न नभुल्नु होला!









