Bloggers - Meet Millions of Bloggers

दुई तारे गुचिन ( 1 Ashoj, 2068 को भूकम्पको कारण जान्नुहोस)

Do you remember, on 1 Ashoj, 2068, 6:25 PM the eastern parts of Nepal witnessed an earthquake with the magnitude of 6.8 on the Richter scale? Do you know the reason? If not, then dare to go through this article and find out what had actually happened. Don’t forget to check your calendar before reading this.

तपाईहरुलाई सन् 2004 मा रिलिज भएको Kungfu Hustle नामको action-comedy फिल्म याद छ? अनि याद छ? कसरी उक्त फिल्ममा  दुई जना बाध्यबादकहरुले चीनको ऐतिहासिक बाजा गुचिन बजाउछ्न!म ति सांगीतिक हत्यारा हरु बाट अझै पनि एकदमै प्रभावित छु! कसरी उनीहरुले हल्का रुपमा आफ्नो जादुइ गुचिन को तारहरु खेलाउछन् अनि संगीत को सुमुधुर स्वरसंगै गुचिन बाट धारिलो भाला र तरवारहरु उत्पन्न गरेर ग्यांग्स्टरहरुको काम तमाम गर्छन!

1 ashoj

मेरो यो कथा पनि त्यस्तै आश्चर्यजनक तर सत्य घटनाहरुको वरिपरी घुमेको छ |

हाम्रो स्कुले दिनहरुमा, गितार हाम्रो लागि एउटा नभई नहुने, नबजाई नहुने बाजा थियो| तर दुर्भाग्यबस मसंग भने एउटा गितार किन्ने औकात थिएन| त्यै भएर मैले आफ्नै तरिकाले गितार सिक्ने प्रयास गरे, भनौ एउटा कोशिस गरे – एउटा दह्रो गाता भएको किताब मा मैले ६ वटा धर्का र ४-५ वटा फ्रेट कोरेको थिए | ति धर्काहरु माथि म साधारण कर्डहरु दिनरात खेलाउने गर्दथिए, सम्झन्छु तेतिबेला मेरा औंलाहरु पनि काठ जस्तै कठोर थिए, लचकता बिहिन|

त्यतिबेला कसैसंग गितार माग्नु मलाई लाज लाग्थियो र साथीहरुलाई गितार सिकाई माग्नु मेरो अभिमानले दिदैनथियो| अहिले जब म फर्केर हेर्छु, अनि बुझ्छु मैले धेरै कुराहरु गुमाए केवल मेरो लाज र घमण्ड ले गर्दा| कहिले काही  मलाई यो दयालाग्दो लेखक देखेर पश्चाताप लाग्छ किनकि मलाई  बिश्वास छ  र गर्दथिए  त्यतिबेला  म भित्र  संसार नचाउने rock starमा हुनुपर्ने सबै गुणहरु थिए   |

एउटा शनिबारको दिन मेरा साथीहरु सबै फूटबल म्याच खेल्न मैदान तिर लागिसकेका थिए तर म चाहिं होस्टेल को कोठामा उपन्यास पढ्दै बसिरहे| जब मैले उपन्यास सिध्याउनै लागेको थिए, एसो माथि हेरेको त मेरो साथीको ओच्छ्यानको छेउमा गितार देखे| पहिला त सोचे,”हया छोडिदे|” तर त्यतिनै बेला त्यो गितार एक सेकेन्ड को लागि चम्कियो, मलाई लाग्यो त्यसले मलाई बोलाइरहेको छ| “लु जे सुकै होस्’” भनेर मैले किताब लाइ पन्छाए अनि साबधानी पुर्बक गितार तर्फ लागे|

मैले गितार टिपे अनि आफ्नो जिउलाइ  गितार बजाउने पोजिसनमा राखे| शुरुमा मैले बिस्तारै गितारको घाटी सुम्सुम्याए अनि बिस्तारै हात चिप्लाउदै लगेर टाउको खेलाए, त्यसको फलामे टिउनरहरु खेलाए| अहिले जब म त्यो अनुभूतिको तुलना गर्छु म त्यसलाई मैले पहिलो चोटी केटि मान्छेको जिउ मा हात लगाएको अनुभब संग दुरुस्त पाउछु|

तर मेरो तुलनाले तपाईहरुलाई स्त्री मान्छे भनेका बाध्यबादन हुन् भन्ने भ्रम नपरोस| मेरा शब्दहरुले तपाइको मनमा त्यस्तो भर्म सिर्जना भएमा मलाई माफ गरिदिनुहोला|

मैले गहिरो सास लिए अनि त्यो साँचैको गितारमा मेरो ऐतिहासिक G-Chord हाने – छ्या….रा….रांग…

तर जुन संगीत त्यहाँ घन्कियो, त्यसले मलाई मन्त्रमुग्ध बनाउनुको साटो भयभित  बनाइदियो| जुन हिसाबले मैले त्यत्रो मेहनत गरेर रियाज गरेको थिए, त्यस अनुसार त मेरो बजाई कमसेकम मेरै साथीहरुले बजाएको जतिको हुनुपर्थ्यो …अझ त्यो भन्दा मिठो बज्नु पर्थ्यो! तर अहिले मेरो संगीत त भिड हरुको कर्कस हल्ला जस्तो सुनियो जसको अन्त चै ढाडिएको पेट बाट निक्लेको पादको आवाज  जस्तै भयो!

तर पनि उत्साहबाट बिचलित नभैकन  मैले फेरी मेरा औंलाहरु तारमाथि खेलाए र फेरी प्रयास गरे, तर यो पल्ट पनि खासै मिठो सुनिएन न त त्यसपछिका क्रोधले भरिएका  प्रयासहरुले कुनै जादु देखाए| त्यतिनै बेला, दुर्भाग्य नै भन्नु पर्ला, त्यो गितार मालिक आइपुग्यो र करायो,”ओए! के गरेको जाठा?”

“एसो बजाई हेरेको,” मैले त्यतिबेला मभित्र उम्रेको डर र लाजले अलिकति पनि नदेखाई सुस्तरी भने|

“हेर केटा, यो गितार चाही फेरी कैले नछुनु, तलाई सिक्नु नै मन छ भने मसंग सिक| तर कहिले पनि अहिले बजाएको नबजा| हेर त तेरो औंला बाट रगत आइरहेको छ अनि बि तर पनि चुडायेछस| मसंग अब अर्को तार पनि छैन, त गधाले हाम्रो जित को गीत गाउने योजना नै बर्बाद गरिहालिस नि !” त्यसले मेरो हातबाट गितार खोस्यो अनि भक्कु गालि गर्यो|

“सरि, I’m really sorry,” भन्दै औंला बाट बगेको रगत धुन म बाथरूम तिर दौडिए|

पछि फेरी भेट हुदा त्यसले मलाई गितार मेरो बस को कुरा होइन भन्यो! “अँ तलाई नै थाहा होला ! म गितार बजाउन योग्य छुइन रे ?” मेरो विचार अपमान ले भरिएको थियो तर त्यसले भन्दै गयो,”तँ मुला देब्रे हाते छस, यो दाहिने हाते गितार तेरो लागि नै होइन! बरु बाँसुरी बजाउन सिक न !”

त्यो घटनाले मलाई धेरै लज्जित बनायो, त्यसपछि मैले कहिले तार वाला बाजा छुने आँट गरिन| अँ ……अर्को एकपल्ट बाहेक…

हुनत मलाई Jimmie Hendrix पनि मन पर्छ तर मलाई मन पर्ने गीतारिस्ट चै Joe Satriani हो र कहिले काही उसको स्टाइल कपी गर्नु म पनि कपाल खुइल्याई हेर्छु| कहिले काही जब म हातले मेरो चिन्ड़े टाउको सुम्सुम्याउनु पुग्छु तब म त्यो मेरो पहिलो गितार छुवाई (अन्तिम गितार छुवाई) को दिन सम्झना पुग्छु| त्यो याद ले मेरो जिउ नै सिरिंग भएर आउछ|

1 ashoj

मेरो मनमा अहिले rock star हुने कुनै आकांछा छैन , म मेरो आफ्नै काममा धेरै नै ब्यस्त हुन्छु|

त्यो गितार संगको मेरो दुर्घटना भएको पनि अहिले त दुइ दशक जस्तो भैसक्यो र यस अन्तरालमा मैले धेरै मात्रामा मेरो लजालुपन र अभिमान लाइ नियन्त्रण गरिसके| मलाई लाग्छ अहिले म भित्र निकै नै परिपक्वता देखा परिसकेको छ, जसको श्रेय हाल म ब्यस्त भैरहेको रोमान्चक कामलाई जान्छ| यो रोचक काम को बारेमा सविस्तार म पछि भन्नेछु|

गत वर्ष म मेरो गाउँ तिर गएको थिए- बिशेस काम चै त्यो हराएको बाख्राको कथाको सत्य तथ्य पत्ता लगाउनु पर्ने थियो| हुनत म त्यो मूल काम मा सफल भईन तर मेरो हातमा त्यस्तो चिज आइलाग्यो जसद्वारा मलाई लाग्छ म त्यो हराएको बाख्राको रहस्य समाधान गर्न सक्छु|

आश्चर्य छ! त्यो मेरो हातमा परेको ऐतिहासिक चिज चाही हेर्दामा गुचिन जस्तै छ तर साइज चै भायोलिन को १/१६ छ| गुचिनमा जस्तै ७ वटा तार कि त गितार मा जस्तै ६ वटा तार हुनुको साटो यसमा चै २ वटा मात्रै तार छ| मैले अहिलेसम्म यसको एउटा मात्रै तार बजाएको छु र यसले यति मिठो र गुन्जायमान आवाज निकाल्छ कि तपाइलाई मैले अहिले भन्दा पत्यार नै लाग्दैन, एकपल्ट सुन्नुहोस अनि थाहा हुन्छ|

जब म गाउँ पुगे, ठ्याक्कै १८ वर्ष पछि, मलाई त गलत ठाउं पुगेजस्तो लाग्यो- कति परिबर्तन भएछ! घरहरु जिर्ण भएछन, बारीहरु बाझै थिए, अनि गाउँ भरि मैले मान्छे नै देखिन| हिड्दै जादा अलिक पर मैले घाँसको भारि बोकेर आउदै गरेकी एक जना बुढी आमैलाइ भेटे अनि एकै सासमा तीनवटा प्रस्न सोधे,”यो पा गाउँ हो? यहाँ के भयो? सबैजना कहाँ गए?”

बुढियाले भारि बिसाइन, मेरो जुत्ता देखि टोपी सम्म नजर दौडाइन, अनि एकै सासमा मेरो तिन वटै प्रश्नहरुको उत्तर दियिन,”अँ हो| सड्यो| सबै गए|”

बुढी आमै संग गफ गर्दा थाहा भयो, प्राय सबै शहर तिर लागेछन एक दुइ वटा परिवार बाहेक| आमैको परिवार चाही ६ वर्ष अगाडी हिमाल तिर बाट यता झरेका रहेछन| मैले आमैलाई मेरो पनि पुरानो घर यतै हो र अहिले चाही लोक कथाहरु संकलन गर्नु गाउँ तिर आएको भने|

“हो र ? मेरा बुढा पनि कथा भन्नमा त खुब सिपालु छन्| यता तिर त कथा नै कथा छन् बाबु!” उत्साहित हुदै आमैले भनिन| हाल लाइ गाउँमा मेरा कोहि आफन्तहरु नभएको थाहा पाएर बुढियाले मलाई पाहुनाको रुपमा उनको घरमा स्वागत गरिन|

उनको बुढा मजाका रहेछन, छाला चाउरी परे पनि हसाइ चाही एकदमै जवान| बुढाको आगन मा बसेर, जाँड संग उसिनेको आलु नुन खोर्सानी मा चोप्दै, चिरपरिचित साथीहरु जस्तै गफ गर्दै बसियो|बुढाले कथा मजाका सुनाए, अरु कुनै दिन तपाइलाई म सुनाउनेछु|

रात पर्यो, अनि बुढाले भित्र मेरो लागि बिस्तरा लगाउने तरखर गरेको थाहा पाएर मैले कस्ट नगर्नुहोस भने| मसंग स्लिपिंग ब्याग थियो र म सिकुवा मै सुत्न चाहन्थे| पहिले त बुढाले पाहुनालाई कहाँ सिकुवामा सुताउनु हुन्छ भनेर मान्दै मानेनन्, तर मैले धेरै पल्ट अनुरोध गरेकोले र अन्तिममा मैले राति ताराहरुको फोटो खिच्नु पर्नेछ भनेकोले उनले माने| र पनि मेरो ओछ्यान छेउमा चाही आगो बालिदियेरै  छोडे| मानिसहरु भन्छन संसार मा सबै भन्दा न्यानो अनुभूति भनेको नै अरु द्वारा स्याहार गरिनु हो र उनीहरुले भनेको ठिकै हो|

जब आगो दन्कियो, मैले बुढालाई सोधे,”मैले सुनेको थिए, धेरै पहिला, तपाईहरु यहाँ आउनु भन्दा अगाडी, यहाँ एउटा बाख्रा थियो रे जुन चाही भिर बाट खस्नबाट जोगिएको थियो रे नि ! तपाइले कतै त्यसको बारेमा सुन्नुभएको छ ?”

बुढाको अनुहार भरि त्यो जादुइ मुकन छरियो,”अवस्य सुनेको छु नि बाबु! त्यो पोखरीको छेउमा बस्ने जोगीले मलाई भनेको थियो|”

अनि बुढाले आफुले सुनेको कथा भन्नथाले| तर बुढाको कथामा नौलो कुरा चाही केहि थिएन, केवल त्यो बाख्राको खुट्टा चाही तिन वटा थियो रे! यो कुरा चै मेरो लागि नौलो थियो! ”किन त्यसको तिन वटा मात्रै खुट्टा थियो?” मैले उत्सुक भएर सोधे|

“त्यो त मलाई थाहा छैन, जोगीले मलाई भनेन| मैले पनि जोगीलाई कतिपल्ट सोधे तर तैले जानु पर्ने कुरा होइन मात्र भन्छ| बरु बाबु नै भोलि गएर यसो फकाई फुल्याई गरेर सोध्नु नि!” यति भनेर बुढा पनि सुत्न लागे|

अर्को दिन म जोगीलाई भेट्न गए, बिचार एक्लै पोखरीको एउटा कुनामा सानो कुटी बनाएर बसेको रहेछ| धोका खुल्लै थियो, भित्र छिर्दा देखें, मरंच्यासे बाबा त पलेटी कसेर एउटा सानो बाकस माथि बसेका रहेछन र हात चै यसरि तन्कायेका थिए – मलाई त लाग्यो उनि मलाई नै पर्खेर बसिरहेका थिए| जब बाबाले इशारा गरेर मलाई कुटीको एउटा कुनामा भएको पिरामा बस्न लगाए, म बिस्तारै पिरातिर लाग्दा मेरो उपद्र्याहा दिमागले चाही मैले अलिक सार्हो वा छिटो हिंडेभने यो बुढो धमिराको गुँड जस्तै छरपस्ट भएर मेरो खुट्टामा मर्छ होला भन्ने सोची रहेको थियो|

तर जब मैले बाख्राको बारेमा सोध्न मुख खोलें, बाबाले  त अचम्मलाग्दो तरिकाले दृढ स्वरमा कराए,” नबोल बच्चा! मलाई थाहा छ तिमि यहाँ आउनुको कारण| तिमि ढिलो आइपुग्यौ, मलाई कहिले देखि यो भारि बुझाउन भै रहेको थियो|”

“कस्तो भारि? के भन्नुभएको..?” मैले भने तर मेरो वाक्य सिद्धिनु अगाडी नै बाबा त बुत्रुक्क उफ्रिएर कराउन थाले,” मैले तलाई नबोल भनेको होइन? त किन पहिले नै आइनस? त कुकुर गधा! साला!”

म त हतप्रभ भए, केहि बोल्ने सकिन, मेरो दिमाग नै शुन्य भयो! आँखा चै झिमिक झिमिक गरें कतै निन्द्रामा पो छु कि भनेर!
बाबाले अघि आफु बसिरहेको काठ को बाकस उचालेर मलाई दिदै भन्यो,”लु अब जा| अब मलाई पनि मेरो भाई खोज्नु पर्नेछ|”

त्यो बाकस त्यस्तै 0.5 x 2 x 0.5 feet को थियो| मलाई अचम्म लाग्यो कसरि त्यो जोगी चाही अगी त्यस बाकस माथि बसिरहेको थियो, तर सबैलाई थाहा छ बाहिरि रुप भ्रम हो| अब लाग्नु पर्यो भनेर म नसोधी उठें| कुटी बाहिर निक्लिदा, बुढो जोगी भित्र बाट करायो,”राति त्यसलाई सुन अनि तैले उत्तर पाउनेछ्स| तर याद गर त्यसलाई कहिले पनि बजाउनेछैनस!”

जब म हत्तारिदै, गाउँले बुढोको घर तिर आए, मलाई भूकम्पको छालमा स्वर भएको जस्तो लाग्यो| जब आगनमा मैले बुढो लाइ भेटे त्यो कम्पन बन्द भयो तर संसार घुम्न चै सुरु भयो| छेउको खम्बामा थामिदै मैले जोगीको कुटीमा भएको सबै कुरा बुढोलाई भने| अन्तिम मा जब मैले जोगीको चेतावनी भने, बुढोले  त एकदमै सिरियस भएर भन्यो,”लु लु बाबु त्यसै गर्नु| अलिकति पनि तल माथि नगर्नु| बरु हेर्नु त तपाइँ त दरले पहेलो भैसक्नुभयो, आउनु भित्र केहि पिउँ हामि!”

त्यो रात मैले कान पुरै त्यो बाकस माथि  टासेर सुते| मैले त्यो खोल्ने आँट गरिन किनकि जोगीले मलाई त्यो खोल्नु आदेश नै दिएको थिएन| त्यसलाई मैले हल्लाएर पनि भित्र के होला भनेर जाच्न सकिन किनकि जोगीले त्यसो गर्नु पनि भनेको थिएन| मलाई लाग्यो त्यो रात को ताराहरु पनि अरु रात को जस्तो चम्किला थिएनन्|

त्यस्तै एक घण्टा पर्खे, त्यो मेरो सहन शक्ति को अवधि हो| जब मैले बाकस बाट केहि सुनिन, मैले त्यसलाई खोल्ने विचार गरे, जोगीको चेतावनी बिपरित| बाकसलाई सानो धागोले बाधेको थियो, मैले सजिलै सानो छुरीले त्यो काटे| टर्च बालेर भित्र हेर्दा, बाकस मा गुचिन जस्तै आकार भएको एउटा पुरानो तारवाला बाजा रहेछ| गुचिनमा जस्तो ७ वटा तार र गितार मा जस्तै ६ वटा तार नभई त्यो बाजामा चै २ वटा मात्र तार थियो| मैले यसो हेर्दा त्यो चम्केको जस्तो लाग्यो, मलाई बोलाए जस्तो लाग्यो अनि मलाई मेरो गितार संगको पुरानो जम्काभेट को याद आयो| मैले सोचें,”हे भगवान, फेरी ?”

मैले Kungfu Hustle को बाध्यबादकहरु सम्झे| त्यो जोगी कतै ति बाध्यबाधक मध्ये एउटा त होइन ? तर ति बाध्यबाधक हरु त लात थिए, जोगी त थिएन| भन्नु त त्यो जोगीले भाई भेट्न जानु पर्ने थियो भन्दै थियो, तर कसले बिश्वास गर्ने त्यस्तो गजडीको? यो पक्कै एउटा कुटिल खेल हो! किनकि जोगीले भनेको थियो,” यसलाई राति सुन्नु अनि तैले उत्तर सुन्नेछ्स| तर कहिले नबजाउनु|” कसैले बाजा नबजाई कसरि सुन्न सक्छ? यो त मेरो एउटा अर्ध पागाल साथीले मैले कहिले नदेखेको रंग सम्झी भनेको जस्तै भयो त!

र अन्तिम मा सबै शंकाहरु लाइ पर राखेर मैले मेरो देब्रे चोर औंला त्यो बाजाको एउटा तार माथि राखे र बिस्तारै हाने|

तपाइलाई याद छ पोहोर ! अहोज मा गएको भुइचालो? त्यो ६.८ रेक्टर स्केलको थियो र त्यसको उद्गम स्थल पा को गाउँ थियो|
मैले अघि पनि भनेको थिए यसको आवाज यति गुन्जायमान छ कि तपाइले आफै नसुनी बिश्वास नै गर्नुहुन्न, याद छ?

अहिले त मैले त्यो बाकस लाइ पुरै २ दर्जन काटी ठोकेर बन्द गरेको छु, किनकि मलाई कहिले कहिँ त्यो बाजा निकालेर फेरी एकपल्ट  बजाउन मन लाग्छ|

कहिले काही म सुत्न लाग्दा त्यो बाकस निकाल्छु र मेरो छेउमा राख्छु| म त्यसलाई सुम्सुम्यौछु , अनि सुन्न खोज्छु कुनै आवाज जसले त्यो बाख्राको रहस्य खोल्छ| अहिलेसम्म ……मैले केहि सुनेको छुइन|

This is a translation of Kohiraikoan’s Two Strings